इलाममा जङ्गली च्याउ खाएर विरामी परेका ४ मध्ये दुई जनाको मृत्यु - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इलाममा जङ्गली च्याउ खाएर विरामी परेका ४ मध्ये दुई जनाको मृत्यु

इलाम । इलाममा जङ्गली च्याउ खाएर विरामी परेका चार मध्ये दुईजनाको ज्यान गएको छ ।

गत २२ गते च्याउ खाएर बिरामी परेका ४ जना मध्ये सन्दकपुर गाँउपालिका–१ खोलाघारीका ५० बर्षीय टिका बहादुर राई र सोहि स्थानका ५२ बर्षीय जित बहादुर राईको उपचारकै क्रममा झापाको बिएण्डसी अस्पतालमा मृत्यु भएको हो ।

च्याउ खादा इलाम नगरपालिका ३ पुवामझुवाका ३५ बर्षीय बिरमान राई उनकी श्रीमती ३२ बर्षीय बिष्णु कुमारी राई समेत बिरामि भई बिएण्डसीमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।

शनिबार दिउँसो जंगली च्याउ बीरमानको घरमा पकाएर चारै जनाले खाएका थिए । च्याउ खाएपछि घर हिँडेका जीतबहादुर र टीकाबहादुर विषालु च्याउले मातेर बाटोमा वेहोस अवस्थामा भेटिएका थिए । बीरमान र उनको श्रीमती विष्णुकुमारीलाई भने घरमै च्याउले मातेको अवस्थामा भेटिएपछि स्याम्पुहरु खुवाएर वान्ता गराइएर अस्पताल लगिएको थियो ।

सम्बन्धित खवर