भारतमा संक्रमण दर घट्दै, दैनिक संक्रमितको संख्या एक लाखभन्दा कम - Mangsebung News
  • शुक्रबार, जेठ ०४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

भारतमा संक्रमण दर घट्दै, दैनिक संक्रमितको संख्या एक लाखभन्दा कम

एजेन्सी । भारतमा कोरोना भाइरसको दोस्रो लहरबाट दैनिक ससंक्रमितको संख्या एक लाखभन्दा कम हुन थालेको छ ।

बुधबार सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार भारतमा पछिल्लो २४ घण्टामा ९२ हजार ५ सय ९६ जना कोरोना भाइरसबाट संक्रमित थपिएका छन् ।

लामो समयपछि दैनिक संक्रमितको संख्या एक लाखभन्दा कम भएको यो दोस्रो दिन भएको पनि केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

भारतमा यसअघि मंगलबार सार्वजनिक गरिएको विवरणमा एक दिनमा ८६ हजार ४ सय ९८ जना संक्रमित भएको देखाइएको थियो ।

मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट संक्रमितहरुको कुल संख्या दुई करोड ९० लाख ८९ हजार ६९ पुगेको छ । यस्तै अहिले पनि संक्रमित अवस्थामै रहेकाहरुको संख्या १२ लाख ३१ हजार ४ सय १५ रहेको छ ।

भारतमा कोरोना भाइरसबाट संक्रमणमुक्त भएकाहरुको संख्या दुई करोड ७५ लाख चार हजार १ सय २६ रहेको जनाइएको छ । यस्तै भारतमा कोरोनाका कारण अहिलेसम्म मृत्यु भएकाहरुको संख्या तीन लाख ५२ हजार ५ सय २८ पुगेको छ ।

सम्बन्धित खवर