दमक । नेपाल पत्रकार महासंघ, इलाम शाखाले माङसेबुङ गाउँपालिकामा रहेर पत्रकारीता गर्ने पत्रकारहरुलाई स्वास्थ्य सामग्री वितरण गरेको छ ।
पत्रकार महासंघ इलाम शाखाका कोषाध्यक्ष राम योङहाङले माङसेबुङ पब्लिकेसन प्रा.लिका प्रबन्धक धनबहादुर थेवे(निवाहाङ)लाई शनिबार स्वास्थ्य सामग्री प्रदान गरेको हो ।
हालै विश्वभरी महामारीको रुपमा आक्रान्त बनाईरहेको कोरोना भाइरस ( कोभिड १९)बाट सुरक्षित रहेर समाचार संप्रेसण गर्न थप मद्दत पुगोस भन्ने हेतुले मास्क, सेनिटाईजर, फेस सिल्ड लगायतको सामाग्री प्रदान गरेको कोषाध्यक्ष याङहाङले बताए ।
योङहाङको अनुसार इलामको ग्रामिण भेगमा रहेर सुचनाको संबाहक बनेको रेडियो माङसेबुङ र माङसेबुङ पब्लिकेसनद्धारा प्रकाशित माङसेबुङ मासिक, माङसेबुङ न्युज डट कम र माङसेबुङ न्युज टिभी परिवारको लागि एकमुष्ट रुपमा स्वास्थ्य सामाग्री प्रदान गरेको हो ।
पत्रकार महासंघ, इलाम शाखाबाट प्राप्त भएको यी स्वास्थ्य सामाग्री तत्काल सम्बधित पत्रकारलाई प्रदान गरिने थेवेले बताए ।