इलाममा निषेधाज्ञा असार ७ गते सम्म थपियो - Mangsebung News
  • बुधबार, जेठ ०२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इलाममा निषेधाज्ञा असार ७ गते सम्म थपियो

इलाम । इलाममा आउँदो असार ७ गतेसम्म निषेधाज्ञा थपिएको छ ।

आइतबार जिल्ला कोभिड व्यवस्थापन समिति इलामको बसेको बैठकले आउँदो असार ७ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

जिल्लामा कोरोना संक्रमण तीब्र रुपमा फैलिरहेको भन्दै समितिले कोरोना नियन्त्रणका लागि निषेधाज्ञा थपेको हो ।

जिल्लामा तिब्र गतिमा फैलिँदै गरेको कोभिड–१९ को विस्तार रोक्न बैशाख २६ गतेबाट जारी निषेधाज्ञाको जनस्तरबाट समेत पालना भएको र संक्रमितहरुको परीक्षणको दायरा बढाएकोले संक्रमितको संख्यामा उल्लेख्य कमि नदेखिएको भएपनि थप संक्रमण नियन्त्रण गर्न जारि निषेधाज्ञा प्रभावकारी रहेको समितिको ठहर रहेको जनाइएको छ ।

सम्बन्धित खवर