इलाममा आइबार सवैभन्दा कम ८ जनामा कोरोना संक्रमण पुष्टि - Mangsebung News
  • बुधबार, जेठ ०२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इलाममा आइबार सवैभन्दा कम ८ जनामा कोरोना संक्रमण पुष्टि

इलाम । इलाममा आइतबार सवैभन्दा कम आठ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

आइतबार इलाम नगरपालिकामा एक जना र सूर्योदय नगरपालिकामा सात जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

इलाममा एक महिनायता आइतबार संक्रमितको संख्या सबैभन्दा कम हो । एकै दिन एक सय ३६ जनासम्म संक्रमित भएका थिए ।

यसँगै इलाममा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक हजार ४ सय ६९ पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सम्बन्धित खवर