झापामा निषेधाज्ञा असार ७ गतेसम्म थप गरियो - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

झापामा निषेधाज्ञा असार ७ गतेसम्म थप गरियो


दमक । जिल्ला प्रशासन कार्यालय झापाले असार ७ गतेसम्म निषेधाज्ञा थप गरेको छ ।

आइतबार बसेको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञा असार ७ गतेसम्म थप गर्ने निर्णय गरेको हो ।

झापामा यो छैटौं पटक थप गरिएको निषेधाज्ञामा अघिल्लो निषेधाज्ञा भन्दा केही खुकुलो बनाइएको जारी आदेशमा उल्लेख गरेको छ ।

निषेधाज्ञा अवधिभर खाद्यान्न, फलफुल, तरकारी, माछा मासु, दूध जन्य पदाथी, पुस्तक पसल, हार्डवेयरलाई विहान ६ देखी १० बजेसम्म सञ्चालन गर्न दिने निर्णय भएको छ ।

यस्तै, कृषिजन्य बीउ विजनका पसल १० बजेदेखि ४ बजेसम्म र मोटर वर्कशप बिहान ११ देखी २ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ ।

बैंक तथा वित्तीय संस्था पूर्ण रुपमा सञ्चालन गर्न पाइने छ भने अन्य क्षेत्र पूर्ण रुपमा बन्द रहने छ । सञ्चालन अनुमति पाएकाहरुले स्वास्थ्य मापदण्ड भने पूर्णरुपमा पालना गर्नुपर्ने बैठकपछि प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाद्वारा जारी आदेशमा उल्लेख गरेको छ ।

अन्य जिल्लामा भन्दा झापामा कोरोना संक्रमणदरमा खासै परिवर्तन नदेखिएपछि निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।

सम्बन्धित खवर