पाँचथर । पाँचथरमा असार ७ गतेसम्म निषेधाज्ञा थप गरिएको छ ।
सोमबार डीसीसीएमसीको बसेको बैठकले पाँचथर जिल्लाभर लागु हुनेगरी एक साताका लागि निषेधाज्ञाको समय थप गरेको हो ।
बैठकले असार ७ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञाको समय थप गरेको हो । डीसीसीएमसीले यसअघिकोभन्दा केही खुकुलो गरी निषेधाज्ञाको समय एक हप्ताका लागि थप गरेको छ ।
निषेधाज्ञाको समयमा खाद्यान्न, फलफुल, दुग्धजन्य पसल तथा अत्यावश्यक सेवा प्रदान गर्ने पसलहरु बिहान पाँच बजेदेखि १० सबजेम्म सञ्चालन गर्न पाइने भएको छ ।
त्यस्तै गरी बैंक तथा बित्तिय संथाहरु हप्ताको चार दिन सञ्चालन गर्नुपर्ने निर्णय भएको हो । सोमबार र बुधबार बैंकहरु बन्द रहनेछन् भने आइतबार, मंगलबार, बिहिबार र शुक्रबार ११ बजेदेखि दुई बजेसम्म बैंकहरु सञ्चालन हुनेछन् ।
अत्यावश्यक सेवा बाहेकका सबै खाले सवारी सधानहरु सञ्चालन गर्न नपाइने निर्णय भएको हो । यसअघि लागु गरिएको निषेधाज्ञाको समय सोमबार राती १२ बजे सकिदैछ ।