पाँचथरको घटना माथि अनुसन्धान जारी - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पाँचथरको घटना माथि अनुसन्धान जारी

सुबास केरुङ ‘नुनाम’

पाँचथर । पाँचथरको फिदिम स्थित जोरसाल बजार नजिकै एक बृद्धको हत्या भएको छ । आइतबार बिहान ७८ बर्षका टेकबहादुर लिम्बूको आफ्नै निवासमा हत्या भएको हो । उनको सडकको छेउमा रहेको घरमा हत्या गरिएको अवस्थमा फेला परेको थियो ।

उक्त घटना रातिको समयमा नै भएको हुन सक्ने मृतकका आफन्त बुद्धराज लिम्बुले बताए । बुद्धराज लिम्बुका अनुसार मृतक भारतीय सेनाका सेवानिबृत हुन भने उनका श्रीमती बर्ष ८४ का बोल्न, हिड्न नसक्ने अवस्थामा छन र उनका दुई भाइ तीन छोराछोरी छन ।

मानवअधिकारकर्मी मंगल बेघाका अनुसार ‘प्रहरीले चाडो भन्दा चाडो आरोपितलाई पहिचान गरि पिडितलाई न्याय र दोषीमाथि कानूनबमोजिम कारबाहीको माग गर्दैछौ र पाँचथरमा पटक पटक यस्तो घटना दोहोरी रहेकोले प्रशासनले एक नयाँ सम्यन्त्र अपनाउनु पर्नेमा जोड दिए’ ।

उक्त घटना भएको घरमा उनका श्रीमती र उनी मात्र बस्दै आएका थिए । यश घटना प्रती विभिन्न तरिकाबाट अनुसन्धान भइरहेको र किन र कस्ले गर्यो भन्ने बिषयमा गम्भीर तरिकाले अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय पाँचथरका (इन्स्पेक्टर) सुचना अधिकारी डम्बर बिश्वकर्माले जानकारी दिए ।

 

 

सम्बन्धित खवर