प्रदेश १ सरकारले कर्मचारीलाई खाजा खर्च दिने - Mangsebung News
  • शुक्रबार, चैत १६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

प्रदेश १ सरकारले कर्मचारीलाई खाजा खर्च दिने

बिराटनगर । प्रदेश १ सरकारले आफ्ना मातहतका कर्मचारीलाई खाजा खर्च उपलब्ध गराउने भएको छ ।

आर्थिक वर्ष २०७८/७९ को आयव्ययको विवरण प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री टंक आङबुहाङले कर्मचारीलाई हाजिरीका आधारमा खाजा खर्च उपलब्ध गराउने घोषणा गरेको हो ।

मन्त्री आङबुहाङले भने ‘कर्मचारीको प्रोत्साहन बढाउनका लागि २०७८ साउन १ गतेदेखि लागू हुने गरी प्रदेश सरकारले कार्यालयमा हाजिर भएको दिनको आधारमा १ सय रुपैयाँ खाजा खर्च दिइने छ ।’

 

सम्बन्धित खवर