इलाम । इलामको फाकफोकथुम गाँउपालिका २ कोल्बोटेका ५२ वर्षिय लाल बहादुर राईको लडेर मृत्यु भएको छ ।
सोमबार बेलुका ५ बजे गाँउबाट घर फर्कने क्रममा घर नजिकै चिप्लिएर बाटोबाट अदान्जी ७ मिटर तल खसेर मृत्यु भएको अबस्थामा स्थानियले फेला पारेका थिए ।
घटनाको जानकारी पाए लगतै इलाका प्रहरी कार्यालय मंगलबारेबाट प्रहरी टोली गएर थप अनुसन्धान गर्दै गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।