मेचीनगरमा एक व्यक्ति मृत फेला - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

मेचीनगरमा एक व्यक्ति मृत फेला

झापा । झापाको मेचीनगरमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।

मेचीनगर ५ स्थित माङहिम टोलका ४० बर्षिय अजय लिङ्देन (पुर्सुन) हिजो साँझ मृत अवस्थामा फेला परेका हुन् ।

उनलाई मेचीनगर ५ स्थित अधँेरीको ईट्टाभट्टा छेउमा मृत अवस्थामा स्थानीयले फेला पारेका थिए । त्यसपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनाको सम्बन्धमा प्रहरीले अनुसन्धान शुरु गरेको जानकारी दिएको छ ।

आवयश्यक पोस्पार्टमका लागि शवलाई मेची अञ्चल अस्पताल भद्रपुर पठाइएको र रिपोर्ट प्राप्त भएपछि थप जानकारी दिइने जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी तथा प्रवक्ता राकेश थापाले जानकारी दिए ।

घट्नाबारे अनुसन्धाका लागि प्रहरीले संकास्पद एकजनालाई नियन्त्रणमा पनि लिएको छ ।

 

सम्बन्धित खवर