संखुवासभामा अरुण तेस्रो आयोजनाको टिपर दुर्घटना हुँदा चालकको मृत्यु - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

संखुवासभामा अरुण तेस्रो आयोजनाको टिपर दुर्घटना हुँदा चालकको मृत्यु

इलाम । संखुवासभा चिचिला गाँउपालिका ३ स्थित निर्माणाधिन अरुण तेस्रो जलबिधुत आयोजना पुखुवामा पाथिभरा कन्ट्रक्सनको बा. ५ ख १४० नम्बरको टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

उक्त दुर्घटनामा टिपरचालक धनकुटा नगरपालिका–२२ वर्षीय दीपेश भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक कविन राईले जानकारी दिए । भीरबाट खस्दा चालक भट्टराईको घटनास्थलमै मृत्यु भएको सूचना अधिकारी राईले बताए ।

बुधबार राति १० बजे अरुण तेस्रो आयोजनाको विद्युत्गृहस्थल चिचिला–३ पुखुवामा ढुङ्गा अनलोड गर्ने क्रममा पछाडि सार्दा टिपर अनियन्त्रित भई भिरबाट करिब ३०० मिटर तल अरुण नदीको बगरमा झरेको थियो ।

त्यस्तै टिपर दुर्घटना परेर सहचालक काभ्रेपलाञ्चोक भकुन्डेबेँसीका २० वर्षीय नवराज श्रेष्ठ गम्भीर घाइते भएको उनले बताए । सहचालक श्रेष्ठको टाउको चोट लागेको छ भने बायाँ हात भाँचिएको सूचना अधिकारी राईले बताए ।

गम्भीर घाइते श्रेष्ठको जिल्ला अस्पताल सङ्खुवासभामा उपचार हुन नसकेपछि थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।

 

सम्बन्धित खवर