इलाममा थप १४ जना कोरोना संक्रमित थपिए - Mangsebung News
  • बुधबार, जेठ ०२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इलाममा थप १४ जना कोरोना संक्रमित थपिए

इलाम । इलाममा आइतबार थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै इलाममा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक हजार ६ सय १ पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । अघिल्लो दिनभने ७ जनामा संक्रमण देखिएको थियो ।

यसैगरि इलाम जिल्लामा कोरोना संक्रमणका कारण मृत्यू हुनेको संख्या भने ४० पुगेको छ ।

इलाम नगरपालिकामा ७ जना र फाकफोकथम गाउँपालिका ६ जना र चुलाचुली गाउँपालिकामा १ जनामा संक्रमण पुष्टि भएको हो ।

सम्बन्धित खवर