पाँचथरमा फलैंचामा पहिरोले पुरेर ५७ वर्षिय एक पुरुषको निधन - Mangsebung News
  • बुधबार, जेठ ०२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पाँचथरमा फलैंचामा पहिरोले पुरेर ५७ वर्षिय एक पुरुषको निधन


पाँचथर ।  पाँचथरको याङवरक गाउँपालिका २ फलैंचामा सोमबार विहान पहिरोमा परि एक जनाको निधन भएको छ ।

याङवरक २ स्थित नुवाखोलाबाट ल्याइएको कडरीया कुलो बनाउने क्रममासाविक फलैंचा २ नेखेवा बस्ने इन्द्रवति प्राविका ५७ बर्षीय टेकनाथ धौरालीको ज्यान गएको हो ।

पहिरोमा परेर खड्प्रसाद राई घाइते भएका छन् । राईको ढुंगाले हात काटेको वडा सदस्य हरि अधिकारीले जानकारी दिए ।

घटना स्थलमा प्रहरी र स्थानीयले उद्धार गरिरहेका छन् । घटनाबारे अन्य विवरण आउन बाँकी रहेको जनाइएको छ ।

सम्बन्धित खवर