इलाममा असार १४ गते सम्मलाई निषेधाज्ञा थपियो - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इलाममा असार १४ गते सम्मलाई निषेधाज्ञा थपियो

इलाम । इलाममा असार १४ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ ।

जिल्ला प्रशासन कार्यलय इलामका अनुसार जिल्लामा कोरोना भाइरस संक्रमण केही सामान्य भएपनि कोरोना संक्रमित हुने क्रम जारी रहेकाले निषेधाज्ञा थप गरिएको जनाइएको छ ।

यसअघि जिल्ला कोभिड व्यवस्थापन समिति इलामको आइतबार बसेको बैठकले आउँदो असार १४ गतेसम्म निषेधाज्ञा थप गर्ने प्रस्ताव सिफारिस गरेको आधारमा निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारीले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

यस्तै प्रमुख जिल्ला अधिकारीले जारी गरेको सूचनामा यातायातका साधन, सेमिनार, जुलुसलगायत बन्द रहेको जनाइएको छ ।

यसैगरि जनस्तरबाट नै निषेधाज्ञा पूर्ण रूपले पालन गरिएको र जनस्वास्थ्यलाई ध्यान केन्द्रित गर्दै निषेधाज्ञा थप गरिएको बताइएको छ ।

यस पटक भने स्वास्थ्यको मापदण्ड अपनाउँदै पुस्तक तथा स्टेशनरी, घरायसी सामग्रीका पसल, लत्ताकपडा, विद्युत सामग्री, मर्मत सामग्री, र खाद्यान्नका पसलहरु भने स्वास्थ्य मापदण्ड अपनाएर एक बजेसम्म खोल्न मिल्ने गरी निषेधाज्ञा अलि खुकुलो बनाइएको छ ।

सम्बन्धित खवर