इलाममा पुनः कोराना संक्रमण दर बढ्दै, थप ४३ जना संक्रमित थपिए - Mangsebung News
  • बुधबार, जेठ ०२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इलाममा पुनः कोराना संक्रमण दर बढ्दै, थप ४३ जना संक्रमित थपिए


इलाम । निषेधाज्ञा केही खुकुलो गरेसँगै इलाममा पुनः कोराना संक्रमण दर बढ्दै गएको छ ।

इलाममा मंगलबार ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । केही दिनअघि संक्रमितको संख्या ७ जनासम्ममा झरेको थियो भने अहिले बढ्दै संक्रमण दर बढ्दै गएको हो ।

कोरोना भाइरुस संक्रमणका कारण इलाम जिल्लामा मृत्यू हुनेको संख्या भने ४० पुगेको छ ।

इलाम नगरपालिकामा १६ जना, माइनगरपालिकामा १६ जना, रोङमा ७ जना, सूर्योदय नगरपालिकामा २ जना र माङसेबुङमा १ जना गरी ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सम्बन्धित खवर