इलाम नगरपालिकाद्वारा उत्कृष्ठ पाँच कर्मचारीलाई पुरस्कृत - Mangsebung News
  • बिहिबार, जेठ ०३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इलाम नगरपालिकाद्वारा उत्कृष्ठ पाँच कर्मचारीलाई पुरस्कृत

इलाम । इलाम नगरपालिकाले उत्कृष्ठ पाँच कर्मचारीहरुलाई पुरस्कृत गरेको छ ।

उत्कृष्ठ पाँच कर्मचारीहरुलाई नगरको नवौं नगरसभाको अवसरमा पुरस्कृत गरेको हो ।

पुरस्कृत हुने कर्मचारीहरुमा न्यायिक समितिका अधिकृत कमल भण्डारी, सब इन्जिनियर पुजन ताम्राकार, वडा सचिव रबिन्द्र घिमिरे, स्वास्थ्यकर्मी एलिस पौड्याल र कार्यालय सहयोगी गोपाल बस्नेत रहेका छन् ।

पुरस्कृत कर्मचारीहरुलाई नगरसभामा नगद २५ हजार सहित प्रमाण पत्र प्रदान गरिएको थियो ।

नगरले नगरसभाको अवसर पारेर वर्षेनी उत्कृष्ठ काम गर्ने कर्मचारीहरुलाई पुरस्कृत गर्दै आएको छ ।

 

सम्बन्धित खवर