माई नगरपालिकाको बजेट ६७ करोड, शिक्षा र स्वास्थ्यमा प्राथमिकता - Mangsebung News
  • बिहिबार, जेठ ०३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माई नगरपालिकाको बजेट ६७ करोड, शिक्षा र स्वास्थ्यमा प्राथमिकता


इलाम । आगामी आर्थिक वर्ष २०७८०७९ का लागि माई नगरपालिकाले नवौं नगरसभाबाट कूल ६७ करोड ३४ लाख ३० हजार रुपैयाँको बजेट पारित गरेको छ ।

बिहीबार पारित गरेको बजेटमा माइ नगरपालिकाले शिक्षा, स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकता दिएको छ ।

आगामी आर्थिक वर्षमा यस नगरपालिकाले शिक्षाका लागि १ करोड ९० लाख, स्वास्थ्यमा १ करोड ५६ लाख ६० हजार र पूर्वाधारमा १ करोड ४० लाख खर्च गर्ने भएको छ ।

यस्तै महिला तथा बालबालिका शिर्षकमा ५५ लाख, खानेपानी तथा सरसफाइका लागि ३४ लाख, संस्कृति पर्यटनका लागि ७५ लाख, सूचना प्रविधिमा ३४ लाख, र विशेष कोष व्यवस्थापनमा १ करोड ९० लाख खर्च गर्ने अनुमानित बजेट पारित भएको छ ।

माइ नगरपालिकामा आगामी आर्थिक वर्षका लागि आय तर्फ वित्तिय समानिकरण अनुदानमा १३ करोड २ लाख ९४ हजार, आन्तरिक आय तर्फ अनुमानित ४ करोड, समपुरक अनुदान प्रदेश र संघ मार्फत २ करोड १२ लाख, ससर्त अनुदान २६ करोड १७ लाख ६६ हजार, विशेष अनुदान २ करोड १६ लाख अनुमान गरिएको छ ।

नगरपालिकाको नवौं नगरसभाले आर्थिक, विनियोजन, न्यायिक समितिको प्रतिवेदनलगायत विभिन्न पाँच विधयेक समेत पारित गरेको छ ।

सम्बन्धित खवर