सन्दकपुर गाउँपालिकाको बजेट ४० करोड ४६ लाख ८५ हजार - Mangsebung News
  • मङ्गलबार, मङि्सर ०२, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सन्दकपुर गाउँपालिकाको बजेट ४० करोड ४६ लाख ८५ हजार


सन्दकपुर। आगामी आर्थिक वर्ष २०७८।०७९ को लागि सन्दकपुर गाउँपालिकाले कूल ४० करोड ४६ लाख ८५ हजार ३२० रुपैयाँको बजेट पारित गरेको छ ।

विहीबार सम्पन्न नवौं गाउँसभाले आर्थिक विकास शीर्षकमा एक मुष्ट रकम एक करोड २४ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको छ ।

यसरीनै सामाजिक विकास क्षेत्रमा एक करोड २६ लाख ५७ हजार रुपैयाँ विनियोजन गरेको छ । सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रमा ६९ लाख ५६ हजार रुपैयाँ विनियोजन गरेको छ ।

सभाले प्रशासनिक खर्चका लागि सात करोड २१ लाख ५० हजार ३२० विनियोजन गरेको सन्दकपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश राईले जानकारी दिए ।

यसरीनै आय तर्फ गाउँपालिकाको आन्तरिक स्रोतबाट गत वर्षरहेको रकम ५० लाख रुपैयाँ, आन्तरिक आय ७५ लाख, संघीय सरकार समानीकरण अनुदानबाट आठ करोड ६१ लाख रुपैयाँ, प्रदेश सरकार समानीकरण अनुदानबाट ४७ लाख ६१ हजार रुपैयाँ, संघीय सरकार राजश्व फाँडफाडबाट पाँच करोड ९९ लाख १३ हजार रुपैयाँ, प्रदेश सरकार राज्य बाँडफाडबाट ४४ लाख ९२ हजार ३२० रुपैयाँ आम्दानी हुने बजेट पारित गरिएको हो ।

संघीय सरकार सशर्त अनुदानबाट १९ करोड ५० लाख रुपैयाँ, प्रदेश सरकार सशर्त अनुदानबाट १ करोड ५२ लाख ३९ हजार रुपैयाँ, संघीय सरकार समपुरक अनुदान मार्फत ८३ लाख रुपैयाँ,संघीय सरकारबाटै विशेष अनुदान अन्तर्गत ८३ लाख रुपैयाँ र प्रदेश सरकार समपुरक अनुदानबाट एक करोड आम्दानी हुने बजेटले अनुमान गरेको छ ।

सभाले उपभोक्ता उपभोक्ता समितिमा डोजर मालिक र विचौलिया तथा पार्टीका अध्यक्ष र सचिव पनि बस्न नपाउने साथै समितिबाट गरिने योजनामा अनिवार्य रुपमा उपभोक्ताको १५ प्रतिशत लागत सहभागिता हुनुपर्ने र लागत सहभागिताको कार्य सम्पन्न भएपछि मात्र भुक्तानी दिने निर्णय गरेको छ ।

सम्बन्धित खवर