साहारा नेपालद्धारा कर्जा रकम मिनाहा - Mangsebung News
  • सोमबार, बैशाख १७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

साहारा नेपालद्धारा कर्जा रकम मिनाहा

माङसेबुङ । साहारा नेपाल ऋण तथा वचत सहकारी संस्थाले समूहका सदस्यको कर्जा मिनाहा गरिदिएको छ ।

आइतबार माङसेबुङ ५ भालुटारमा एक कार्यक्रम गरी माङसेबुङ साहारा महिला समूहका सदस्य शान्ता राईको नाममा रहेको कर्जा ऋण मिनाहा गरिदिएको हो ।

राईको श्रीमान राजेन्द्र प्रसाद आङदेम्बे लिम्बूको मृत्यू भएपछि सदस्य राईको नाममा रहेको ऋण १ लाख साहारा नेपाल ऋण तथा वचत सहकारी संस्थाले मिनाहा गरिदिएको सेवाकेन्द्र दानाबारी इलामका कार्यालय प्रमुख त्रिलोचन तिम्सीनाले बताए ।

कार्यालय प्रमुख तिम्सीनाका अनुसार कर्जा लिएको कूल रकम १ लाखमा किस्ता वापत बुझाएको रकम ३५ हजार नगदमा उपलब्ध गराएका छन् भने, बाँकी कर्जा रकम संस्थाले पूरै मिनाहा गरिदिएका छन् । यसमा थप काजक्रिया खर्च सहयोग स्वरुप रु ८ हजार ५ सय पनि प्रदान गरिएको छ ।

साहारा नेपालले सदस्यहरुलाई विभिन्न क्षेत्रमा सहयोग दिने क्रममा कुनै सदस्यलाई दुःख विमार भई अप्रेशन खर्च, सुत्केरी भत्ता, हात खुट्टा भाँचेमा, सर्प र कुकुरले टोकेमा उपचार सहयोग रु १० हजारसम्म उपलब्ध गराउँदै आएको फिल्ड मेनेजर सपनकुमार भटट्राईले बताए ।

सदस्यको परिवारमा दुःखद निधन भएमा काजक्रिया सहयोग स्वरुप ५ हजारसम्म संस्थाले उपलब्ध गराउने कार्यालय प्रमुख तिमिल्सिनाको भनाई छ ।

सम्बन्धित खवर