इलाममा थप ४६ जना कोरोना भाइरस संक्रमित थपिए - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इलाममा थप ४६ जना कोरोना भाइरस संक्रमित थपिए


इलाम । इलाममा बिहिबार थप ४६ जनामा कोरोना भइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

इलाम नगरपालिकामा ३२ जना, सूर्योदय नगरपालिकामा ९ जना, माई नगरपालिका, फाकफोक थुम गाउँपालिकामा २–२ जना र रोङ गाउँपालिकामा १ जना संक्रमित थपिएका छन् ।

यसैगरि कोरोनाको संक्रमण बढ्दै गएपछि रोङ गाउँपालिकाले आफ्नो वडा नं. ३ र ४ लाई आज (बिशिबार) राती १२ बजेदेखि एक हप्ताका लागि सिल गरेको छ । वडा नं. ५ का पसलहरु समेत बन्द गरेको छ ।

रोङ गाउँपालिकाले विहीबार एक सूचना जारी गर्दै सिल गरेको जनाएको छ । झापा र भारतीय सीमामा पर्ने रोङमा पनि कोरोनाको दोस्रो लहरको प्रभाव बढी देखिएको छ ।

रोङमा अहिलेसम्ममा दुई सय ८५ जना संक्रमित भएका छन् । यसरीनै इलाममा कोरोना संक्रमणबाट जिल्लामा मृत्यू हुनेको संख्या भने ६३ पुगेको छ ।

 

सम्बन्धित खवर