इलाममा अहिलेसम्मकै सबैभन्दा बढी १ सय २१ जना कोरोना संक्रमित थपिए - Mangsebung News
  • बुधबार, बैशाख १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इलाममा अहिलेसम्मकै सबैभन्दा बढी १ सय २१ जना कोरोना संक्रमित थपिए


इलाम । इलाममा शुक्रबार अहिलेसम्मकै सबैभन्दा बढी १ सय २१ जना कोरोना भाइरसबाट संक्रमित थपिएका छन् ।

रोङ्ग गाउँपालिकामा मात्र ५७ जना, इलाम नगरपालिकामा २६ जना, सूर्योदय र देउमाई नगरपालिकामा १४–१४ जना, माई नगरपालिकामा ६ जना, माइजोगमाई गाउँपालिकामा ३ जना र फाकफोकथुम गाउँपालिकामा एक जना गरि शुक्रबार इलाममा एक सय २१ जना संक्रमित थपिएका हुन् ।

यससंगै इलाममा कोरोना संक्रमितको संख्या दुई हजार ९ सय २३ जना पुगेको छ । यसैगरि कोरोना संक्रमणबाट मृत्यू हुनेको संख्या ६४ पुगेको छ ।

सम्बन्धित खवर