फाकफोकथुममा जङ्गली च्याउ खाँदा बाबु छोराको मृत्यु - Mangsebung News
  • मङ्गलबार, बैशाख ११, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

फाकफोकथुममा जङ्गली च्याउ खाँदा बाबु छोराको मृत्यु

इलाम । जङ्गली च्याउको तरकारी खाँदा इलामको फाकफोकथुममा बाबु–छोराको मृत्यु भएको छ ।

मृत्यु हुनेमा फाकफोकथुम–१ का ५१ वर्षीय लेखबहादुर लिम्बू र उनका छोरा १२ वर्षीय दिवस लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

दुबै जनाको अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले बताए ।

प्रहरीका अनुसार गत साउन ३ गते घर नजिकैको जङ्गलबाट ल्याएको च्याउको तरकारी खाँदा बिरामी परेका दुबै जनालाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल भर्ना गरिएको थियो ।

 

सम्बन्धित खवर