झापामा २ सय २३ जनामा कोरोना संक्रमण पुष्टि, पाँचको मृत्यू - Mangsebung News
  • शनिबार, बैशाख ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

झापामा २ सय २३ जनामा कोरोना संक्रमण पुष्टि, पाँचको मृत्यू


दमक । झापामा पछिल्लो २४ घण्टामा थप २ सय २३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

यसैगरि पछिल्लो २४ घण्टामा झापामा थप ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । यससँगै झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय २५ जना पुगेको छ ।

मृत्यु हुनेमा बिर्तामोडकी ५९ वर्षिया महिला र ६० वर्षिय पुरुष, दमककी ३० बर्षिया महिला, गौरीगञ्जका २४ बर्षिय पुरुष र इलामका ८७ वर्षिय पुरुष रहेको छ ।

यसैगरी आज दमकमा संक्रमित थपिएकामा १८ पुरुष , २८ महिला रहेका छन् । जिल्लामा भने १ सय ३४ महिला र ८९ जना पुरुषलाई संक्रमण देखिएको हो ।

यससँगै झापामा कूल संक्रमितको सँख्या २० हजार ४ सय ९२ पुगेको छ । त्यसमध्ये १४ हजार ५ सय ८१ जना डिस्चार्ज भएका छन् । जिल्लामा २ हजार ७ सय ९२ जना सक्रिय संक्रमितहरु विभिन्न आइसोलेसनमा उपचाररत रहेका छन् ।

 

सम्बन्धित खवर