इलाममा आगामी साउन १५ सम्मलाई निषेधाज्ञामा कडाइ - Mangsebung News
  • बिहिबार, बैशाख ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इलाममा आगामी साउन १५ सम्मलाई निषेधाज्ञामा कडाइ


इलाम । पछिल्लो समय कोरोना संक्रमण दर बढन थालेपछि इलाममा निषेधाज्ञामा कडाइ गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी ध्रबबहादुर खड्काले आइतबार एक आदेश जारी गर्दै इलाम सदरमुकामसहित जिल्लाका मुख्य बजारहरु आगामी साउन १५ सम्मलाई बन्द रहने जनाइएको छ ।

औषधी पसल बाहेक जिल्लाका मुख्य बजारहरु इलाम, फिक्कल, हर्कटे, तीनघरे, चुरेघाँटी, विल्याँटे, पुवाखोला, मंगलबारे, नेपालटार, गाग्रेभन्ज्याङ, नवमी लगायतका सबै बजारका सबै पसलहरु पूर्ण रुपमा बन्द रहने जनाइएको छ । यस्तै तरकारी, खाद्यान्न र फलफूल पसलहरु विहान ११ बजेसम्म खुल्ला गरिएको छ ।

उता इलाम बजार भित्रने सवारी साधनहरुलाई जिरो किलोमिटर र धोबिधारा रोक्न भनिएको छ भने अन्य बजारहरुमा पनि सवारी रोक्न, मानिस चढाउन र ओराल्न निषेध गरिएको आदेशमा उल्लेख गरिएको छ ।

 

सम्बन्धित खवर