इलाममा थप ९० जनामा कोरोना संक्रमण पुष्टि - Mangsebung News
  • बिहिबार, चैत १५, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इलाममा थप ९० जनामा कोरोना संक्रमण पुष्टि


इलाम । इलाममा थप ९० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यससँगै अहिलेसम्म इलाममा कोरोना संक्रमितको संख्या तीन हजार एक सय ३१ पुगेको छ ।

आज इलाम नगरपालिकामा २३ जना, माङसेबुङ गाउँपालिकामा २०, सूर्योदय नगरपालिकामा १६, माई नगरपालिकामा ८, देउमाई नगरपालिकामा ७, फाकफोकथुम गाउँपालिकामा २ जना रोङ गाउँपालिका र सन्दकपुर गाउँपालिकामा १÷१ जनामा संक्रमित रहेको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ ।

इलाममा थप एक जनाको मृत्यु भएको छ । भने हालसम्म सक्रिय संक्रमितको संख्या आठ सय ९० जना रहेको छ ।

सम्बन्धित खवर