इलाममा थप ९३ जनामा कोरोना संक्रमण पुष्टि - Mangsebung News
  • शनिबार, बैशाख ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इलाममा थप ९३ जनामा कोरोना संक्रमण पुष्टि

इलाम । इलाममा पछिल्लो २४ घण्टाको अवधिमा थप ९३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

यस सगै इलाममा संक्रमितको कुल संख्या ३ हजार २ सय १८ पुगेको छ । यसैगरि अहिलेसम्म कोरोनाबाट मृत्यू हुनेको कुल संख्या ६८ जना पुगेको छ । यस्तै संक्रमित मध्ये २ हजार २ सय ६ जना निको भएका छन् ।

इलाम नगरपालिकामा २६ ,सूर्योदय नगरपालिकामा १८ जना, माई नगरपालिकामा १२ जना, माईजोगमाई र देउमाई नगरपालिकामा १०÷१० जना, फाकफोथुम गाउँपालिकामा ९ जना, रोङ गाउँपालिकामा ७ जना र सन्दकपुर गाउँपालिकामा १ जनामा संक्रमण देखिएको जिल्ला प्रशासन कार्यलय इलामले जनाएको छ ।

 

सम्बन्धित खवर