- पदम सुखी सम्बाहाम्फे
यासोक । पााचथरको कुम्मायक गाउँपालिकाले मेगा बैंङक शाखा प्रमुख छत्रपति निरौलालाई शुक्रबार बिदाई गरेको छ ।
गाउँपालिकाको कार्यालयले एक कार्यक्रमको आयोजना गरी निरौलालाई बिदाई गरेको हो । २०७५ चैत्रमा हाजिर भएका उनी जिल्ला सदरमुकाम स्थीत मेगा बैंकको शाखामा सरुवा भएका हुन् ।
विदाई कार्यक्रममा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रदिपसिंह तामाङले बैंक द्वारा प्रभाह गर्ने सबै सेवालाई निरौलाले प्रभावकारी बनाएको र कार्यालयसंग समन्वय गरी सकृयता पूर्वक आर्थिक कारोवार गरेको प्रति तामाङले प्रशंसा गरेको थिए ।
सोही अवसरमा माायाको चिनो प्रदान गर्दै गाउपालिका उपाध्यक्ष सीता आचार्यले पनि निरौलाले कार्यालयको आर्थिक कारोवार र नागरिकको सेवामा निरन्तर खटिएको भन्दै प्रशंसा गरे ।
उनले जुनसुकै समयमा पनि गाउँपालिका र नागरिकको सेवामा महत्वपूर्ण समय खर्चिएको स्मरण गर्दै यो सहयोगलाई गाउपालिकाले उच्च मुल्याङकन गरेको उपाध्यक्ष आचार्यले बताए ।
स्थानीयतहको निर्वाचनपछि स्थापना भएको मेगा बैंकले गाउपालिकाको सबै वडाहरु साथै फाल्गुनन्द गाउँपालिकाको ६ र ७ नम्बर वडाका नागरिकलाई समेत सेवा प्रभाह गर्दै आएका थिए ।
शाखा प्रमुख निरौलाले आफू र आफ्नो कार्यालयलाई जनप्रतिनिधि र कर्मचारीले सकरात्मक सहयोग गरेको भन्दै काम गर्ने क्रममा कमि कमजोरी भए क्षमा गर्न निरौलाले अनुरोध गरेका थिए ।
कार्यक्रममा कुम्मायक—१ का वडा अध्यक्ष देबेन्द्रकुमार लावती, मिरमिरे लघुवित्त वित्तिय संस्थाका प्रमुख प्रकाश गर्तौला, गाउपालिकाका कर्मचारी र जनप्रतिधिहरु द्वारा विदाई हुने निरौलालाई खादा ओढाएर सम्मान गरेका थिए ।