कुम्मायकमा कोरोना भाइरसको संक्रमण बाट एकको मृत्यु - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कुम्मायकमा कोरोना भाइरसको संक्रमण बाट एकको मृत्यु

  • पदम सुखी सम्बाहाम्फे

कुम्मायक । पाँचथरको कुम्मायक गाउपालिका स्थित वडा नम्बर ५ निगालेका २० बर्षिय रोशन खतिवडाको कोरोना भाइरस संक्रमण बाट शनिबार बिहान मृत्यु भएको छ ।

केही दिन अघि मात्रै गरिएको एन्टिजेन परिक्षणमा उनको पोजेटिभ रिपोर्ट देखिएपछि होम आइसुलेशनमा बसेका खतिवडालाई एक्कासि रोगले च्याप्न थालेपछि उपचारका लागि जिल्ला अस्पतालमा लैजाने क्रममा तिङ्देनको बाटोमै मृत्यु भएको परिवार श्रोतले बताएका छ्न ।

यश अघि पनि सोही वडामा कोरोना संक्रमित सुत्केरी महिलाको मृत्यु भएको थियो । गाउँ पालिकामा निषेधाज्ञाकै बीच संक्रमितको संख्या ह्वात्तै बढ्न थालेपछि मृत्यु हुनेको संख्या पनि बढ्न थालेको छ ।

गाउँपालिकाको स्वास्थ शाखाको तथ्यांकअनुसार गाउँ गाउँमा हालसम्म ३ सय जना भन्दा बढी संक्रमितको संख्या रहेको र निको हुनेको संख्या २ सय २० रहेको पनि जनाइएको छ ।

 

सम्बन्धित खवर