इलाममा थपिए २० जना कोरोना संक्रमित, २ जनाको मृत्यू - Mangsebung News
  • बुधबार, जेठ ०२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इलाममा थपिए २० जना कोरोना संक्रमित, २ जनाको मृत्यू


इलाम । इलाममा शनिबार थप २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै कोरोना संक्रमितको संख्या तीन हजार चार सय ३३ जना पुगेको छ ।

यसैगरि शनिबार एकै दिन कोरोना भाइरसको संक्रमणबाट दुई जनाको मृत्यू भएको छ । यससँगै इलाममा मृत्यू हुनेको संख्या ७१ पुगेको छ ।

शनिबार भएकाले एन्टिजेन परीक्षणसमेत कम मात्र हुने भएकाले संक्रमितको संख्या पनि कम देखिएको हो ।

इलाम नगरपालिकामा ७ जना, माई नगरपालिकामा ९ जना, माइजोगमाई र सन्दकपुर गाउँपालिकामा २–२ जनामा संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

इलाममा २५ गतेसम्म निषेधाज्ञा कडाई गरिएको छ भने साउन २२ गतेसम्म इलाम नगरपालिकाका सबै वडाहरु समेत बन्द गरिएको छ ।

सम्बन्धित खवर