इलाममा एकै दिन कोरोनाबाट चार जनाको मृत्यु - Mangsebung News
  • बुधबार, जेठ ०२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इलाममा एकै दिन कोरोनाबाट चार जनाको मृत्यु


इलाम । इलाममा आइतबार कोरोना भाइरसको संक्रमणबाट एकै दिन चार जनाले ज्यान गुमाएका छन् ।

कोरोना भाइसरको संक्रमणबाट जिल्लामा एकै दिन अहिलेसम्मकै धेरैको मृत्यु भएको हो । यससँगै इलाममा कोरोनाबाट मृत्यु हुनेको संख्या ७५ पुगेको छ ।

मृत्यु हुनेमा इलाम नगरपालिका वडा नम्बर–४१ र ४३ वर्षका दुई महिला, रोङ गाउपालिका वडा नम्बर–३ का एक पुरुष र माङसेबुङ्ग गाउँपालिका वडा नम्बर–४ की ६५ वर्षकी महिलाको मृत्यु भएको हो ।

यसैगरि आइतबार इलाममा ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सम्बन्धित खवर