नेपालमा थपिए ३ हजार १ सय २५ कोरोना संक्रमित, २३ जनाको मृत्यु - Mangsebung News
  • बुधबार, जेठ ०२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपालमा थपिए ३ हजार १ सय २५ कोरोना संक्रमित, २३ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टाको अवधिमा ३ हजार १ सय २५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

यसैगरि पछिल्लो २४ घन्टाको अवधिमा २३ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । यससँगै अहिलेसम्म मृत्यु हुनेको संख्या ९ हजार ८ सय ९८ पुगेको छ ।

मन्त्रालयका अनुसार सोमबार देशभरबाट १ हजार ९ सय २५ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । यससँगै कोरोना जितेर फर्कनेको संख्या ६ लाख ५८ हजार १ सय २२ पुगेको छ ।

पछिल्लो २४ घन्टामा देशभर १० हजार ६ सय १३ आरटी पिसिआर र ३ हजार १ सय ९८ एन्टिजेन गरी कुल १३ हजार ८ सय ११ जनामा परीक्षण गरिएकोमा ३ हजार १ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमितहरुमध्ये मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ६ सय ९० जना र भेन्टिलेटरमा १ सय ७५ जना उपचाररत छन् ।

 

 

सम्बन्धित खवर