इलाममा थपिए ५१ जनामा कोरोना संक्रमित, निषेधाज्ञामा थप कडाई - Mangsebung News
  • बुधबार, जेठ ०२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इलाममा थपिए ५१ जनामा कोरोना संक्रमित, निषेधाज्ञामा थप कडाई


इलाम । इलाममा सोमबार थप ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यससँगै अहिलेसम्म इलाममा कोरोना संक्रमित हुनेको संख्या तीन हजार पाँच सय ६० पुगेको छ भने मृत्यू हुनेको संख्या ७५ पुगेको छ ।

इलाम नगरपालिकामा मात्र २६ जना संक्रमित थएिका छन् । यसरीनै सूर्योदय नगरपालिका र देउमाई नगरपालिकामा १०–१० जना, माइजोगमाई गाउँपालिकामा ३ जना र रोङ गाउँपालिकामा २ जनामा संक्रमण भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यसैगरि कोरोना संक्रमण नियन्त्रणमा आउन नसकेपछि प्रशासनले मंगलबारदेखि निषेधाज्ञामा थप कडाई गरेको छ ।

आइतबार इलाममा एकै दिन चार जनाको मृत्यू भएको थियो ।

 

सम्बन्धित खवर