इलाममा बुधबार कोरोनाबाट थप ४ जनाको मृत्यू, ६४ जना संक्रमित - Mangsebung News
  • बुधबार, जेठ ०२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इलाममा बुधबार कोरोनाबाट थप ४ जनाको मृत्यू, ६४ जना संक्रमित


इलाम । इलाममा बुधबार कोरोना संक्रमणबाट थप चार जनाको मृत्यू भएको छ । यससँगै इलाममा मृत्यू हुनेको संख्या ८१ पुगेको छ ।

आजसँगै एकै दिनमा चार जनाको मृत्यू भएको यो दोस्रो पटक हो । यसैगरि बुधबार थप ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै इलाममा संक्रमितको संख्या तीन हजार छ सय ७३ पुगेको छ ।

सबैभन्दा धेरै इलाम नगरपालिकामा २४ जना, सूर्योदय नगरपालिकामा १८ जना, माइ नगरपालिकामा १५ जना, देउमाई नगरपालिकामा ४ जना, माइजोगमाई गाउँपालिकामा २ जना र फाकफोकथुम गाउँपालिकामा १ जना संक्रमित भएका छन् ।

सम्बन्धित खवर