नालीफुङवा पान्जुम्भोको २१ औ स्थापना दिवस मनाइयो - Mangsebung News
  • बुधबार, जेठ ०२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नालीफुङवा पान्जुम्भोको २१ औ स्थापना दिवस मनाइयो

  • योगेश लावती ‘चुक्सा याप्मी’

माङसेबुङ । किरात धर्म सम्बद्ध युवाहरुको साझा छाता संगठन किरात साम्यो नालिफुङ्वा पान्जुम्भोको २१ औ स्थापना दिवस मनाइएको छ ।

मंगलबार किरात चोत्लुङ मुहिङगुम अङ्सी माङगेना सेवा समितिका केन्द्रीय अध्यक्ष केहेरसिङ योङहाङको प्रमुख आतिथ्यमा नालिफुङ्वा पान्जुम्भोको २१ औ स्थापना दिवस कार्यक्रम माङसेबुङमा अवस्थित केन्द्रीय कार्यलयमा सम्पन्न भएको थियो ।

स्थापना दिवस कार्यक्रममा प्रमुख अतिथी योङहाङले किरात धर्मको सम्बाहक नालिफुङ्वा रहेको बताए । उनले किरात धर्मलाई प्रचारप्रसार साथै युवाहरुलाई एकताबद्ध गरेर धर्मको मार्गमा सदैव लागिपर्न आह्वान समेत गरेका थिए ।

उनले नालिफुङ्वाको जन्म स्थापना र किरात धर्मको बारेमा आफ्ना मन्तब्य राखेका थिए ।

कार्यक्रममा पूर्व उपाध्यक्ष लाखमान खजुमले महागुरु र बर्तमान् गुरु गुरुआमाज्युहरुको सपनालाई साकार पार्न वहारुको दिग्दर्शनलाई बिश्वब्यापी गर्न नालिफुङ्वाहरुले भुमिका खेल्नुपर्नेमा जोड दिएका थिए ।

शुभकामना मन्तब्य राख्ने क्रममा पुर्व केन्द्रीय सदस्य कल्पना लिङ्देनले नालिफुङ्वा युवाहरुले भावी गुरुयोजना बनाएर जान समेत अनुरोध गरेकी थिइन ।

नालिफुङ्वा केन्द्रीय पदाधिकारी एवम सदस्यहरु, शाखा समिती साथै तल्लो निकायका नालिफुङ्वा युवाहरुको प्रतिनिधी मुलक उपस्थितिमा सम्पन्न भएको कार्यक्रममा अतिथीहरु किरात चोत्लुङ मुहिङगुम अङ्सिमाङगेन्ना सेवा केन्द्रीय अध्यक्ष केहेरसिङ योङहाङ, केन्द्रीय सदस्य पुर्ण कार्की ढोली, लाखमान खजुम, गुरुनिजी आश्रम समिति अध्यक्ष टिकाराम केरुङ, किरात साम्यो साक्थिम्गेन पान्जुम्भोको अध्यक्ष रामबहादुर थुलुङ, केन्द्रीय सदस्य अर्जुन सङबाहाम्फे, माङ्सेवासाबा पान्जुम्भोका कोषाध्यक्ष प्रकाश सावदेन, येहाङमुक कोक्मा ताङभुङ ताङ्सेप अध्यक्ष इन्द्रहाङ आङ्देम्बे लगायत अतिथिहरुले आफ्ना शुभकामना मन्तब्य राखेका थिए ।

नालिफुङ्वाको २१ औ स्थापना दिवस विभिन्न जिल्लाहरु ताप्लेजुङ मोरङ झापा इलाम पान्थर लगायतका तल्लो निकायले समेत आ–आफ्नो स्थानमा दिपप्रज्वलन गरि मनाएका छन ।

उक्त कार्यक्रमको स्वागत तथा औचित्य मन्तब्य उपाध्यक्ष कल्पना चबेगुले राखेकी थिइन भने सचिव आयुषबिक्रम तुम्बापोले संचालन गरेको कार्यक्रमको अध्यक्षता पृथिमान खालिङ राईले गरेका थिए ।

सम्बन्धित खवर