विहीबार इलाममा थप २ जनाको मृत्यू, ४५ जना संक्रमित - Mangsebung News
  • बुधबार, जेठ ०२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

विहीबार इलाममा थप २ जनाको मृत्यू, ४५ जना संक्रमित


इलाम । विहीबार इलाममा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यू भएको छ । यससँगै इलाममा कोरोनाबाट मृत्यू हुनेको संख्या ८३ पुगेको छ ।

यसैगरी इलाममा थप ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै इलाममा संक्रमितको संख्या तीन हजार सात सय १८ पुगेको छ ।

सबैभन्दा धेरै इलाम नगरपालिकामा १९ जना, सूर्योदय नगरपालिकामा ३ जना, माइ नगरपालिकामा ४ जना, देउमाई नगरपालिकामा ११ जना, सन्दकपुर गाउँपालिकामा ७ जना, माइजोगमाई गाउँपालिकामा १ जना संक्रमित थपिएका छन् ।

सम्बन्धित खवर