इलाममा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु - Mangsebung News
  • बुधबार, जेठ ०२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इलाममा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु


इलाम । पछिल्लो २४ घण्टाको अवधिमा इलाममा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यू भएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार सूर्योदय नगरपालिका वडा नम्बर ११ की ९० बर्षीया बृद्धा, इलाम नगरपालिका वडा नम्बर ५ का ६४ बर्षीय पुरुष र माई नगरपालिका वडा नम्बर २ की ५८ बर्षीया महिलाको ज्यान गएको हो ।

यो सहित इलाममा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८६ पुगेको कोभिड १९ फोेकल पर्सन बिमल बरालले जानकारी दिए ।

उनका अनुसार यही अवधीमा जिल्लाभर ६९ जना संक्रमित थपिएका छन् । इलाम नगरपालिकामा २३ जना, सूर्योदय नगरपालिकामा २० जना ,देउमाई नगरपालिकामा छ जना र माई नगरपालिकामा सात जना संक्रमित थपिएका हुन् ।

यस्तै फाकफोकथुम गाउँपालिकामा तीन जना, रोङ गाउँपालिकामा दुई जना र सन्दकपुर गाउँपालिकामा एक जना संक्रमित थपिएका हुन् ।

आज थपिएका सहित जिल्लामा संक्रमितको संख्या ३ हजार ७ सय ८७ पुगेको छ । हाल सम्म २ हजार ७ सय ४४ जना संक्रमणमुक्त भएका छन् भने ९ सय ५७ जना संक्रिय संक्रमित रहेका छन् ।

सम्बन्धित खवर