माङसेबुङ सहकारीद्वारा मृत्यू भएका सेयर सदस्यका परिवारलाई आर्थिक सहायता - Mangsebung News
  • बुधबार, जेठ ०२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माङसेबुङ सहकारीद्वारा मृत्यू भएका सेयर सदस्यका परिवारलाई आर्थिक सहायता

माङसेबुङ । इलामको माङसेबुङ गाउँपालिका ५ मा अवस्थित माङसेबुङ कृषि बहुउद्देशिय सहकारी संस्थाले बिभिन्न काराणले मृत्यू भएका आफ्ना सेयर सदस्यका परिवारलाई पाँच हजारका दरले आर्थिक सहायता उपलब्ध गराएको छ ।

माङसेबुङ कृषि बहुउद्देशिय सहकारी संस्थाका अध्यक्ष राजेन्द्र विक्रम खजुमको नेतृत्वमा सञ्चालक समितिको पदाधिकारी तथा सदस्यहरुको समूहले मृतकको घरघरमा पुगेर परिवारलाई आर्थिक सहायता उपलब्ध गराएको हो ।

मृत्यू भएका सेयर सदस्य माङसेबुङ ५ का टेकबहादुर लावती, धनमाया साङपाङ राई, राजेन्द्र प्रसाद आङदेम्बे, सन्तकुमार केदेम र चिजमाया लिङदम परिवारलाई पाँच हजारको दरले आर्थिक सहायता उपलब्ध गराएको माङसेबुङ सहकारीका व्यावस्थापक चनहाङ सेर्माले बताए ।

सम्बन्धित खवर