इलाममा कोरोना संक्रमणबाट दुईको मृत्यू, ७६ जना संक्रमित - Mangsebung News
  • बुधबार, जेठ ०२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इलाममा कोरोना संक्रमणबाट दुईको मृत्यू, ७६ जना संक्रमित


इलाम । इलाममा आइतबार कोरोना भाइरस संक्रमणबाट थप दुई जनाको मृत्यू भएको छ । यससँगै इलाममा कोरोनाबाट मृत्यू हुनेको संख्या भने ७९ जना पुगेको छ ।

यसैगरि इलाममा पछिल्लो २४ घण्टाको अवधिमा थप ७६ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै इलाममा कोरोना संक्रमितको संख्या तीन हजार आठ सय ९५ जना पुगेको छ ।

सबैभन्दा बढी इलाम नगरपालिकामा ३८ जना संक्रमित भएका छन् । यसरीनै सन्दकपुर गाउँपालिकामा १६ जना, सूर्योदय नगरपालिकामा १५ जना, फोकफोक गाउँपालिका ३ जना र माइजोगमाई गाउँपालिकामा २ जना संक्रमित भएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ ।

 

सम्बन्धित खवर