इलाममा विहीबार थप ९२ जनामा कोरोना सक्रमण पुष्टि - Mangsebung News
  • बुधबार, जेठ ०२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इलाममा विहीबार थप ९२ जनामा कोरोना सक्रमण पुष्टि

इलाम । इलाममा विहीबार थप ९२ जना जनामा कोरोना भाइरस सक्रमण पुष्टि भएको छ । यससँगै इलाममा कोरोना संक्रमितको संख्या ४ हजार २ सय १० जना पुगेको छ ।

सबैभन्दा बढी माई नगरपालिकामा ३४ जना संक्रमित थपिएका छन् । यसरीनै इलाम नगरपालिकामा १६ जना, सन्दकपुर गाउँपालिकामा १५ जना, सूर्योदय नगरपालिकामा ६ जना संक्रमित थपिएका छन् ।

यसैगरि फोकफोक गाउँपालिका ८ जना, माङसेबुङ गाउँपालिकामा १३ जना, र माइजोगमाई गाउँपालिकामा ७, देउमाई नगरपालिकामा ४ जना र रोङ गाउँपालिकामा २ जना संक्रमित भएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ ।

सम्बन्धित खवर