इलाम । इलाममा विहीबार थप ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै इलाममा कोरोना संक्रमितको संख्या ४ हजार २ सय ६१ जना पुगेको छ ।
सबैभन्दा बढी इलाम नगरपालिकामा २३ जना संक्रमित भएका छन् । यसरीनै माई नगरपालिकामा ६ जना, सन्दकपुर गाउँपालिकामा १ जना, सूर्योदय नगरपालिकामा ३ जना संक्रमित थपिएका छन् ।
यसैगरि माङसेबुङ गाउँपालिकामा ९ जना, र माइजोगमाई गाउँपालिकामा ५, देउमाई नगरपालिकामा ४ जना र रोङ गाउँपालिकामा २ जना संक्रमित भएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ ।