इलाममा शनिबार थप १६ जनामा कोरोना संक्रमण पुष्टि - Mangsebung News
  • शुक्रबार, असार २०, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इलाममा शनिबार थप १६ जनामा कोरोना संक्रमण पुष्टि


इलाम । इलाममा शनिबार जिल्लाभर थप १६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

यससँगै इलाममा अहिलेसम्म कोरोना भाइरस संक्रमितको कुल संख्या ४ हजार २ सय ७७ पुगेको छ ।

इलाम नगरपालिकामा –२, माई नगरपालिकामा –१० र सन्दकपुर गाउँपालिकामा –४ गरि १६ जनामा संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ ।

कार्यालयका अनुसार ९ जना आइसियुमा उपचार गराइ रहेका छन् । ८ सय १३ होम आइसोलेसनमा र ८ जना सामान्य उपचारमा रहेको जनाइएको छ ।

अहिले सम्म इलाममा कोभिडबाट ९१ जनाको ज्यान गएको कार्यालयको तथ्याकंमा उल्लेख छ । यसैगरि इलाममा ३ हजार ३ सय ५६ जना निको भएको जनाइएको छ ।

सम्बन्धित खवर