इलाममा थप ७३ जनामा कोरोना संक्रमण पुष्टि, चारको मृत्यू - Mangsebung News
  • बुधबार, जेठ १६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इलाममा थप ७३ जनामा कोरोना संक्रमण पुष्टि, चारको मृत्यू

इलाम । इलाममा आइतबार थप ७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै इलाममा कोरोना संक्रमितको संख्या ४ हजार ३ सय ५० जना पुगेको छ ।

यसैगरि आइतबार इलाममा कोरोनाबाट थप चार जनाको मृत्यू भएको छ । यससँगै इलाममा मृत्यू हुनेको संख्या ९५ जना पुगेको छ ।

इलाम नगरपालिकामा ३१ जना, सूर्योदय नगरपालिकामा ३३ जना, फाकफोकथुम गाउँपालिकामा ४ जना, देउमाई नगरपालिकामा २ जना र चुलाचुली गाउँपालिकामा २ जना र रोङ गाउँपालिकामा १ जना संक्रमित भएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ ।

मृत्यू हुनेमा इलाम नगरपालिका वडा नं. ६ की एक महिला, देउमाई नगरपालिका वडा नं. ४ का एक पुरुष, सूर्योदय नगरपालिका वडा नं. ८ का एक पुरुष र सोही नगरपालिका वडा नं. ११ की एक महिलाको मृत्यू भएको स्वास्थ्य कार्यालय इलामका कोभिड फोकल पर्सन विमल बरालले जानकारी दिए ।

 

सम्बन्धित खवर