याक्थुङ मुन्जइतद्वारा उत्कृष्ट पाँच लिम्बु कथा पुस्कृत - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

याक्थुङ मुन्जइतद्वारा उत्कृष्ट पाँच लिम्बु कथा पुस्कृत


ललितपुर । ‘प्रथम अन्तर्राष्ट्रिय अनलाइन याक्थुङ कथा (खेदा) प्रतियोगिता २०७८’ बाट उत्कृष्ट पाँच लिम्बू कथा (खेदा) ले पुरस्कार जितेका छन् ।

शनिबार याक्थुङ मुन्चइत चोक सयङ (लिम्बू चलचित्र कर्मि संघ) को ११औँ स्थापना दिवसको अवसरमा ललितपुरस्थित चुम्लुङ्हिमको सभाहलमा पुरस्कार वितरण गरिएको हो ।

चोक सयङको आयोजनामा आयोजित उक्त कथा प्रतियोगितामा १३ कथाहरूमध्ये पाँच कथाहरुलाइ उत्कृष्ट कथाको रुपमा छानिएको थियो ।

उत्कृष्ट कथाकारहरु मलिसा याक्थुङ्बाको ‘सिङ्ठुटा’, प्रेम ओझाको ‘मनहाङमा’, छत्रमान सुब्बाको ‘मानगेन्ना’, जानू काम्बाङको ‘एक आदिम घरको कथा’ र सेसेहाङ फियाकको ‘पिफ्युङ’ ले पुरस्कार हात पारेका थिए ।

प्रतियोगिताद्वारा छानिएका कथाहरु ‘लिम्बू स्टोरी बैंक’ मा जम्मा गरि उत्कृष्ट लिम्बु चलचित्र निर्माण गर्ने अध्यक्ष सुर्यप्रकाश चेम्जोङले बताए ।

११औँ स्थापना दिवसको अवसरमा किरात याक्थुङ चुम्लुङका केन्द्रीय अध्यक्ष योगराज वनेम, आदिवासी जनजाति चलचित्र महासंघ अध्यक्ष अमृत सुनुवार, लिम्बू साँस्कृतिक परिषदका अध्यक्ष गोबिन्द आङ्बुङ, फक्ताङ्लुङ सयका अध्यक्ष भवानीविक्रम सम्बाहाम्फे र पान्थर काठमाडौ कलाकार मञ्चका महासचिव दिनेश लिङ्देन लगायतले शुभकामना राखेका थिए ।

 

सम्बन्धित खवर