इलाममा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यू - Mangsebung News
  • मङ्गलबार, बैशाख ०४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इलाममा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यू

इलाम । इलाममा बिहिबार थप ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै इलाममा कोरोना संक्रमितको संख्या ४ हजार ७ सय २ जना पुगेको छ ।

यसैगरि इलाममा विहिवार मात्र कोरोना भाइरसको संक्रमणबाट ४ जनाको मृत्य भएको छ । यससँगै इलाममा कोरोना संक्रमणबाट मृत्यू हुनेको संख्या १ सय १ पुगेको छ ।

विहीबार इलामको चुलाचुली गाउँपालिकामा तीन जनाको मृत्यू भएको छ भने रोङ गाउँपालिकामा एक जनाको मृत्यू भएको छ ।

चुलाचुली गाउँपालिका वडा नं. १ का २५ वर्षीय एक पुरुष र ४३ वर्षीया महिलाको मृत्यू भएको छ । सोही गाउँपालिका वडा नं. ५ का ३० वर्षीया महिलाको पनि संक्रमणबाट मृत्यू भएको छ ।

यसरीनै रोङ गाउँपालिका वडा नं. ३ का २८ वर्षीय एक पुरुषको संक्रमणबाट मृत्यू भएको स्वास्थ्य कार्यालयका फोकल पर्सन बिमल बरालले इलामआवाजलाई जानकारी दिए ।

इलाम नगरपालिका र सूर्योदय नगरपालिकामा ११–११ जना, सन्दकपुर गाउँपालिकामा ८ जना, माई नगरपालिकामा ७ जना, चुलाचुली गाउँपालिकामा ३ जना, देउमाई नगरपालिकामा ४ जना, फाकफोक गाउँपालिकामा २ र रोङ गाउँपालिकामा १ जना संक्रमित थपिएका छन् ।

सम्बन्धित खवर