इलाममा शुक्रबार थप ३१ जनामा कोरोना संक्रमण पुष्टि, दुईको मृत्यू - Mangsebung News
  • बिहिबार, चैत १५, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इलाममा शुक्रबार थप ३१ जनामा कोरोना संक्रमण पुष्टि, दुईको मृत्यू

इलाम । इलाममा शुक्रबार गप ३१ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । यससँगै इलाममा संक्रमितको संख्या चार हजार सात सय ३७ जना पुगेको छ ।

यसैगरि इलाममा कोरोना भाइरसको संक्रमणबाट थप दुई जनाको मृत्यू भएको छ । यससँगै जिल्लामा मृत्यू हुनेको संख्या एक सय तीन जना पुगेको छ ।

मृत्यू हुनेमा रोङ गाउँपालिका वडा नं. ६ का १८ वर्षीय पुरुष र चुलाचुलीका गाउँपालिका वडा नं. ३ का ६४ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय इलामका कोभिड फोकल पर्सन विमल बरालले बताए ।

यसैगरि शुक्रबार चुलाचुली गाउँपालिकामा ११ जना, इलाम नगरपालिकामा ५ जना, सूर्योदय नगरपालिकामा ५ जना, माई र देउमाई नगरपालिकामा ३–३ जना, माइजोगमाई गाउँपालिका २ जना, र रोङ र फाकफोकथुम गाउँपालिकामा १–१ जना संक्रमित भएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ ।

सम्बन्धित खवर