इलामको सबैभन्दा बढि फाकफोकथुममा र कम माङसेबुङमा बेरुजु - Mangsebung News
  • शुक्रबार, असार २०, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इलामको सबैभन्दा बढि फाकफोकथुममा र कम माङसेबुङमा बेरुजु

इलाम । इलामका १० स्थानीय तहमध्ये फाकफोकथुम गाउँपालिकामा सबैभन्दा बढी बेरुजु देखिएको छ । महालेखा परिक्षकको ५८ औं वार्षिक प्रतिवेदन २०७८ अनुसार फाकफोथुम आर्थिक वर्ष २०७६।०७७ मा कुल लेखा परिक्षण गरिएको रकमको ६ दशमलव ८१ प्रतिशत बेरुजु देखिएको हो ।

महालेखा परिक्षकको कार्यालयले फाकफोथुममा ८२ करोड ३९ लाख ३६ हजार रुपैयाँको महालेखा परिक्षण गर्दा ५ करोड ६० लाख ६० हजार रुपैया बेरुजु देखाएको हो ।

त्यसैगरी दोश्रोमा सूर्योदय नगरपालिकामा देखिएको छ । सूर्योदयमा १ अर्ब ९७ करोड ३५ लाख २ हजार रुपैयाँको लेखापरिक्षणमा ५ करोड १४ लाख ३७ हजार रुपैयाँ अर्थात २ दशमलव ६१ प्रतिशत रकम बेरुजु देखिएको हो ।

सदरमुकामस्थित इलाम नगरपालिकामा १ अर्ब ९१ करोड १ लाख ५१ हजार रुपैयाँको लेखा परिक्षणमा ४ करोड ४३ लाख १० हजार रुपैयाँ अर्थात २ दशमलव ३२ प्रतिशत बेरुजु देखिएको छ ।

रोङमा ९४ करोड ३६ लाख ७८ हजार रुपैयाँको लेखापरिक्षण गर्दा ३ करोड ७५ लाख २५ हजार रुपैयाँ अर्थात ३ दशमलव ९८ प्रतिशत रकम बेरुजु देखिएको छ ।

देउमाई नगरपालिकामा १ अर्ब ८ करोड ६३ लाख ५१ हजार रुपैयाँको लेखा परिक्षणमा ३ करोड १४ लाख ११ हजार रुपैया बेरुजु देखिएको छ । देउमाईमा २ दशमलव ८९ प्रतिशत रकम बेरुजु भएको हो ।

माईजोगमाई गाउँपालिकामा ८३ करोड ३९ लाख ६० हजार रुपैयाँको लेखा परिक्षणमा २ करोड ६० लाख ६७ हजार रुपैया अर्थात ३ दशमलव १३ प्रतिशत बेरुजु रहेको महालेखा परिक्षकको प्रतिवेदनमा उल्लेख छ ।

माई नगरपालिकामा १ अर्ब १२ करोड ११ लाख ६२ हजार रुपैयाको लेखा परिक्षणमा २ करोड ५० लाख २२ हजार रुपैयाँ अर्थात् २ दशमलव २३ प्रतिशत बेरुजु देखिएको छ ।

सन्दकपुर गाउँपालिकामा ७८ करोड ४ लाख ९ हजार रुपैयाँको लेखा परिक्षणमा २ करोड १४ लाख ४६ हजार अर्थात २ दशमलव ७५ प्रतिशत बेरुजु भेटिएको हो ।

चुलाचुली गाउँपालिकामा ८५ करोड ७८ लाख २८ हजार रुपैयाँको परिक्षणमा १ करोड ८४ लाख ४६ हजार रुपैयाँ अर्थात २ दशमलव १५ प्रतिशत बेरुजु देखिएको छ ।

जिल्लामा सबैभन्दा कम माङ्सेबुङ गाउँपालिकामा बेरुजु देखिएको छ । लेखा परिक्षण भएको ७० करोड १४ लाख २६ हजार रुपैयामा १ करोड ४६ लाख ५९ हजार रुपैयाँ अर्थात् २ दशमलव ०९ प्रतिश बेरुजु देखिएको छ ।

सम्बन्धित खवर