किरात साम्जीक मुन्धुम निसामहिमको वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

किरात साम्जीक मुन्धुम निसामहिमको वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक

माङसेबुङ । किरात साम्जीक मुन्धुम निसामहिमले वार्षिक प्रगति प्रतिवेदन साथै सामाजिक लेखा परिक्षण प्रतिवेदन शनिबार सार्वजनिक गरेको छ ।

इलामको धार्मिक पर्यटकीयस्थल माङसेबुङ गाउँपालिका वडा नं. ५, माङसेबुङमा अवस्थित किरात साम्जीक मुन्धुम निसामहिमले आर्थिक वर्ष ०७७÷०७८ को प्रगति प्रतिवेदन तथा आर्थिक साथै सामाजिक परिक्षण प्रतिवेदन सार्वजनिक गरेको हो ।

वार्षिक प्रगति प्रतिवेदन तथा आय व्यय सार्वजनिक गर्ने क्रममा २० लाख २५ हजारको आयव्यय निसामहिमका तुम सिक्साम्बा (प्रधानाध्यापक) ललितचन्द्र फियाकले प्रस्तुत गरेका थिए ।

सो किरात साम्जीक मुन्धुम निसामहिम मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको विशेष पहल र निर्देशनमा वि.स. २०३९ सालमा स्थापना गरिएको थियो ।

किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवाका केन्द्रीय अध्यक्ष केहेरसिं योङहाङको प्रमुख आतिथ्यमा निसामहिमको भवनमा सम्पन्न कार्यक्रममा अतिथिको रुपमा माङसेबुङ गाउँपालिका कार्यपालिका सदस्य पूर्णकार्की ढोली पनि उपस्थित रहनु भएको थियो ।

निसामहिमले किरात धार्मिक कर्म संस्कार परिपालन गर्ने माङसेवासाबा उत्पादन र परिचालनमा विशेष गरी योगदान पु¥याउदै आएको प्रमुख अतिथि माङगेन्ना सेवाका केन्द्रीय अध्यक्ष केहेरसिं योङहाङले बताए ।

निसामहिममा हेःकसिङ, युक्सिङ, चम्सिङ, थाङसिङ थिक्तङ र थाङसिङ नितङ तहमा अध्ययन् अध्यापन भइरहेको निसामहिमका तुम सिक्साम्बा फियाकले बताए । तुम सिक्साम्बा फियाकका अनुसार सो निमामहिममा किरात साम्जीक मुन्धुम, शशि मुन्धुम, किरात साप्पान, किरात खाइक मुन्धुम, थिम्जीक निसाम लगायतका विषयमा अध्यापन हुँदै आएको छ ।

शिक्षक अभिभावक संघका अध्यक्ष दिलकुमार केरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा औचित्य मन्तव्य व्यवस्थापन समितिका अध्यक्ष देउकुमार आङदेम्बेले राखेका थिए । भने, सञ्चालन शिक्षक नन्दकुमार सेर्माले गरेका थिए ।

 

सम्बन्धित खवर