जमुना राईको आवाजमा ‘मेरो जीन्दगीको साहारा’ सार्वजनिक (भिडियो सहित) - Mangsebung News
  • बिहिबार, असार २६, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

जमुना राईको आवाजमा ‘मेरो जीन्दगीको साहारा’ सार्वजनिक (भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । लोकप्रिय गायीका जमुना राईको सुमधुर आवाजमा सजिएको गीत ‘मेरो जीन्दगीको साहारा’ को फिमेल भर्जन सार्वजनिक गरिएको छ ।

लोकप्रिय गायक तथा संगीतकार एकान्त आङदेम्बेको सुमधुर आवजमा एकान्त आफैले शव्द सृजना तथा कम्पोज समेत गरेको गीत ‘मेरो जीन्दगीको साहारा’ को फिमेल भर्जन एकान्त आङदेम्बेको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

जीवन वायुङको निर्देशनमा तयार पारिएको भिडियोमा पोस्ट प्रडक्सन तथा सम्पादन चित्र मिडियाको रहेको छ ।

राज कुमार सुब्बाको छायाँकन रहेको भिडियोमा जमुना राई, दिपक केसी, झरना लिम्बू र देबि मगर लगायतले अभिनय गरेका छन् ।

पदम राजन मगरको संगीत संयोजन रहेको गीतको रेकर्डिङ भने सेवा स्टुडियोमा गरिएको हो ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर