इलामको चुलाचुलीमा लिम्बुवान मञ्चको एक दिने प्रशिक्षण - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इलामको चुलाचुलीमा लिम्बुवान मञ्चको एक दिने प्रशिक्षण

चुलाचुली । इलामको चुलाचुली ४ मा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपाल चुलाचुली गाउँपालिकाले एक दिने राजनैतिक भेटघाट, अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ ।

सोमबार मञ्चको प्रान्तीय महासचिव थाङसाङ् लावतीको प्रमुख आतिथ्यतामा चुलाचुली गाउँपालिकाले सो कार्यक्रमको आयोजना गरेको हो ।

सोमबारबाटै चुलाचुली ३, ४ र ५ बाट क्रियासिल सदस्यता वितरण पनि मञ्चले शुरु गरेको छ । मञ्चका प्रान्तीय महासचिव लावतीले चुलाचुलीमा क्रियासिल कार्ड वितरणको शुभारम्भ समेत गरेका हुन् ।

प्रमुख अतिथि मञ्चका प्रान्तीय महासचिव लावतीले कार्यक्रमको ब्यानर पढेर उद्घाटन गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि मञ्चका प्रान्तीय महासचिव थाङसाङ लावती, विशिष्ट अतिथि प्रान्तीय उपमहासचिव दिलकुमार लावती, उपमहासचिव भानु भट्टराई, प्रान्तीय सदस्य तथा चुलाचुली १ का वडाध्यक्ष पूर्ण लावती (ध्रुव) लगायतले बोलेका थिए ।

चुलाचुली वडा नं. ३, ४ र ५ लक्षित संयुक्त कार्यक्रममा मञ्चका प्रान्तीय सदस्य दिपक आङदेम्बे, पहिचान समिति तथा लिम्बुवान भोलेन्टियर्सका सिनियर कमाण्डर हाइजन लिम्बु, जिल्ला सदस्यहरु सञ्जय लिम्बु, सन्त राई, नरेन्द्र लेक्वा, दुर्गासिं योङ्या लगायतका नेताहरुको सहभागीता रहेको थियो ।

लिम्बुवान मञ्च चुलाचुली अध्यक्ष विपीन योङयाको अध्यक्षतामा भएको कार्यक्रममा चुलाचुली ४ का वडाध्यक्ष अमृत राईले स्वागत मन्तव्य राखेका थिए । त्यसैगरी कार्यक्रम मञ्चका प्रान्तीय सदस्य सन्तोष तुम्बापोले संचालन गरेका थिए ।

सम्बन्धित खवर